Sunday, September 21, 2014

ज्ञानेन्द्रको स्वास्थ्यलाभको कामना गर्दै नर्भिक अस्पतालमा समर्थकहरु

September 21
असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई हृदयघात भई नर्भिक अस्पतालमा भर्ना गरेपछि उनको स्वास्थ्यलाभको कामना गर्दै उनीप्रति शुभेच्छा राख्ने सभासददेखि सर्वसाधारण नागरिकसमेत अस्पताल परिसरमा भीड लागेका छन् ।
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट र राप्रपा नेपालका नेता पदमसुन्दर लावती पनि नर्भिक अस्पतालमा पुगेका छन् । बुहारी हिमानी शाह अस्पतालमै छिन भने छोरी प्रेरणा खाना लिएर अस्पतालमा आइपुगेकी छन् । पूर्वरानी कोमल पनि अस्पतालमा छिन् ।
पूर्वराजालाई स्वास्थ्यलाभको कामना गर्ने कतिपय समर्थकहरु पुष्पगुच्छासमेत लिएर अस्पताल पुगेका छन् । शुभेच्छुकका लागि अस्पताल परिसरमा हस्ताक्षर पुस्तिका राखिएको छ, जसमा हस्ताक्षर गर्नेहरुको लाइन लागेको छ

No comments: