Thursday, September 18, 2014

जन्मदिनको आशिर्वाद थाप्न मोदी पुगे आमाको घर

September 18
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार ६४ वर्ष पुगेका छन्। आफू ६४ वर्ष पुगेको मौकामा उनले सधैँझैँ यसपटक पनि आफ्नी आमाको आशिर्वाद लिए। प्रधानमन्त्री भएपछिको पहिलो जन्मदिनमा उनी आफ्नी आमा हिराबेनलाई भेट्न गुजरातको गान्धीनगर गए।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार छोरा आएको मौकामा ९५ वर्षीय आमा हिराबेनले प्रधानमन्त्री राहत कोषलाई जम्मु काश्मिरका बाढीपीडितको सहायतार्थ ५ हजार रुपैयाँ दिइन्। आमाले मोदीलाई उनको स्वास्थ्य र कामबारे सोधिन्। मीठाइ पनि दिइन्। मोदीले उनीसँग १५ मिनेट बिताइन्।
यसै पनि मोदी आफ्नो जन्मदिनको दिन गुजरातमै थिए। उनी चिनियाँ प्रधानमन्त्री सी जिनपिङलाई स्वागत गर्न अहमदावादमै थिए। यही मौका चिनियाँ प्रधानमन्त्रीले पनि मोदीलाई जन्मदिनको शुभकामना दिए।

No comments: