Monday, September 15, 2014

बाढी पीडितलाई प्रभु ग्रुपले दियो ३ लाख ३३ हजार

September 15
काठमाडौं । मुलुकमा हालै गएको बाढीपहिरोबाट पीडित भएका नागरिकहरुको राहतका लागि प्रभु ग्रुपले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
Parbhu-Group-Rahat-hastantaran
 प्रभु ग्रुपले दिएको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत पीडितसमक्ष पुग्ने छ । सो अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले बाढी पीडित नेपालीको राहतका लागि अग्रसरता देखाएकोमा प्रभु ग्रुपलाई धन्यवाद दिए । प्रभु ग्रुपले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नेपालका बाढी पीडितका लागि राहतस्वरुप रकम प्रदान गरेको अध्यक्ष भट्टचनले जानकारी दिए ।

 सो अबसरमा प्रभु मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शेरचन, मार्केटिङ प्रमुख बिनोद थकाली, नायव महाप्रबन्ध रामेश्वर सापकोटा, दक्ष पौडेल, ध्रुव धिताल, रोजर गुरूङलगायत प्रभु ग्रुपका प्रतिनिधिको उपस्थीति थियो । बिदेशमा नेपालीले कमाएको रकम नेपाल भित्राउँदै प्रभु मनी ट्रान्सफरको प्रर्बद्धक प्रभु ग्रुप मूलतः बित्तिय क्षेत्रमा क्रियाशिल छ । जसले प्रभु बैंक, एलाइन्स इन्सुरेन्स, प्रभु कोअपरेटिभ सर्भिस, प्रभु म्यानेजमेन्ट लगायत संचालन गरिरहेको छ ।

No comments: