Saturday, September 6, 2014

गायक सत्यराजलाई पुत्रलाभ

September 5
काठमाडौ । गायक सत्यराज आचार्यलार्इ पुत्र लाभ भएको छ । आचार्य पत्नी अनिता थापा आचार्यले पाटन अस्पतालमा शुक्रवार बिहान छोराे जन्माएकी हुन् ।
 satya-nanai
 पहिलोपटक बाबु बनेका सत्यराजले खुसी छु भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । सल्यक्रियाबाट सुत्केरी गराइएको र अहिले आमा र बच्चा दुबैको स्वास्थ्य स्थिति राम्रो रहेको आचार्य जानकारी दिएका छन् ।
 satya-with-chori
 प्रसिद्ध गायक भक्तराज आचार्यका छोरा सत्यराज आधुनिक संगीतका राम्रा गायक मानिन्छन् । सत्य र स्वरुप दाजुभाइ हुन् । सत्यको अनितासंग प्रेम बिबाह भएको थियो ।

No comments: