Tuesday, September 9, 2014

डाक्टरले सुत्केरी निको नहुँदै अस्पतालबाट निकाल्छन्

September 9
जनकपुर । ‘डाक्टरसाहेब आज १० दिन भयो बुहारीलाई अप्रेसन गरेको । घाउ झन् बल्झिदै छ, हेर्दिनुस् न ।’ सर्लाही हरिपुर-९ की कुसुमादेवी दास दसदिने नाति बोकेर जनकपुर अञ्चल अस्पतालको अप्रेसन थिएटर (ओटी) आगाडि नर्सलाई गुहार्दै थिइन् । तर, नर्स केही नसुनेझैं गरी पोस्ट अपरेटिभ वार्ठमा छिरिहालिन् ।
 mother-n-child
 कुसमा अमिलो मन पार्दै अस्पतालको छिंडीतरि लागिन् । जहाँ उनकी बुहारी एउटा पातलो गुन्द्रीमा लडिरहेकी छन् । ‘गरिब मान्छे मलाई एकदिन यहाँ बस्न पनि गाह्रो छ,’ छेउबाटै हिंडिरहेकी बिरामी कुरुवालाई बिलौना सुनाएर दुःख बिसाउने कोसिस गर्छिन, ‘खानलाउन त परै जाओस्, बुहारीलाई औषधी किन्नसमेत पैसा छैन ।

कहिलेसम्म यसरी कुर्नुपर्ने हो, ठेगान छैन ।’ शल्यक्रियामार्फत बच्चा जन्माएको चार दिनमा डिस्चार्ज हुन डाक्टरले दबाव दिए पनि पेटको घाउ निको हुने संकेत नदेखिएको बुहारी पिंकुले बताइन् । ‘पीडा निको गर्न मान्छे अस्पताल आउँछन्, उनले भनिन्, ‘यहाँ त झन् बल्झाउँदै छन् । घाउ बिगि्रदै जादा पनि वास्ता गर्दैनन्, उल्टै घर जा भन्छन् ।’
 धनुषा, देउरी-९ की पल्टीदेवी मण्डलको पीडा पनि उस्तै छ । उनकी छोरी इन्द्रकलालार्य पनि अघिल्लो सोमवार शल्यक्रियामार्फत सुत्केरी गराइयो तर पेटमै बच्चा मरिसकेको रहेछ । अस्पतालले चार दिनपछि नै घर जान दबाब दिए पनि घाउ निको नभएपछि उनीहरुले तीन दिन छिंडीमै बिताए ।
 दिक्क भएपछि सातौं दिन त घर फर्किए तर फेरि कतिबेला बल्भिmएको घाउ बोकेर अस्पताल धाउनुपर्ने हो ठेगान छैन । शल्यक्रिया गराएर बच्चा जन्माएका यस्ता थुप्रै महिला अस्पतालको सिंढी र बार्दलीमा रात विताउँन बाध्य छन्, नागरिक दैनिकमा खबर छ ।

No comments: