Sunday, September 14, 2014

मलेसिया पठाइएको कन्टेनर धादिङ नपुग्दै खाली

September 14
राजधानीबाट सामान भरेर तेस्रो मुलुकका लागि हिँडेको ट्रकको कन्टेनर थानकोट काट्नासाथ रित्तो भेटिएपछि राज्य संयन्त्रसँगको मिलेमतोमा अवैध सामानको तस्करीलाई वैधानिकता दिने खतरनाक घटना अनुसन्धानको दायरामा आएको छ । घटना यही भदौ २० गतेको हो ।
अन्नपूर्ण पोस्ट दैनिक लेख्छ भारतबाट एउटा ट्रक सामान बोक्ने कन्टेनरसहित वीरगन्ज नाकाबाट नेपाल पस्यो । बेलाबेलामा कुनै सुरक्षा निकायले स्कटिङ गरेझै गरी सुरक्षाका गाडी अघिपछि हुँदै काठमाडौं छिर्‍यो । भोलिपल्टै उक्त ट्रकमा चार हजार केजी चिया भरियो । त्यसपछि उसैगरी ट्रक लाग्यो वीरगन्जतिरै ।

सुरक्षासमेत दिइएको आभास पाएपछि प्रहरीको विशेष व्युरोको टोलीले त्यसलाई थानकोटदेखि निगरानीमा राख्यो ।  प्रहरी स्रोतका अनुसार काठमाडौं आउँदा र र्फकदा कुनै सुरक्षा निकायकै सहयोग र सुरक्षा दिएजस्तो देखिएपछि विशेष व्युरोको टोलीले गजुरीमा ट्रक रोकेर खानतलासी गरेको थियो । त्यस क्रममा ट्रकका ड्राइभरमात्र फेला परे तर उनको साथमा भन्सारका सक्कली कागजात थिए । विमानस्थलमा लोड गरेको सामान नक्खुतिरै निकालेर खाली कन्टेनर लगेको बयान ड्राइभरले दिएका छन् ।

No comments: