September 9
काठमाण्डौ । पर्यटनमा बोर्डमा भएको अनियमितताबारे छानविन गर्न बनेको समितिले बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई कारवाही गर्न सिफारिस गरेको छ ।
निरौलाले नीतिगत तहमै भ्रष्टाचार गरेको र करोडौं रुपैयाँ नियम विपरित निकाशा गरेको ठहर गर्दै समितिले ७ करोड रुपैयाँ बढि रकम निकाशा गर्ने बैठकको निर्णय रद्द गराउन सिफारिस गरेको छ ।
NTB-Building

साउन २ गते बसेको बोर्ड सञ्चालक समितिको १९२औं बैठकले अहिलेसम्म भएका सबै खर्चहरु निकासा गर्ने निर्णय गरेको थियो ।
उक्त बैठकले गरेको निर्णय पुस्तिकामा ५ जनामात्र सञ्चालकहरुले हस्ताक्षर गरेको छानविनमा सहभागी एक सदस्यले घटना र बिचार.कमलाई बताए । बोर्डमा ११ जना सञ्चालक समिति सदस्य रहेकोमा ५ जनाले मात्र यस्तो निर्णय गर्नुलाई सोझै अनियमितता गर्न खोजिएको छानविन समितिले ठहर गरेको छ ।
उक्त बैठकले गरेका निर्णयहरु अस्वभाविक भएको भन्दै समितिले कार्यान्वयन नगराउन सिफारिस गरेको छ । निर्णय पुस्तिकामा खर्चको विवरण देखाइएका शिर्षकहरु लाजमर्दो खालका समेत रहेको ती सदस्यले बताए । छानविन समितिले निमिक्त प्रमुख निरौलासहित निर्णय प्रकृयामा संलग्न सबै सञ्चालकहरुलाई कारबाही गर्न सुझाव दिएको छ ।
पर्यटन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा गठित समितिले ४८ दिन लगाएर बोर्डमा भएका अनियमितताबारे छानविन गरेको थियो ।
छानविनका क्रममा बोर्डमा संस्थागत भ्रष्टाचार भएको भेटिएको छ । प्रतिबेदनमा भ्रष्टाचार गर्न निरौलाले आर्थिक बिनियमावली संसोधन गरेको किटान गरिएको छ ।
समितिले संस्थागत तथा व्यक्तिगत भ्रष्टाचार रोक्न प्रतिवेदनमार्फत सुझाव दिएको छ । छानविन समितिले पर्यटन बोर्डका आधिकारीहरुमाथी लागेका उजुरीहरु छानविन गरि त्यसको पूर्ण विवरण प्रतिवेदनमा उल्लेख गरेको छ ।
पर्यटन प्रर्बद्धनका नाममा निरौलाले निकै ठूलो रकम खर्च गरेपनि कुनै नतिजा नआएको देखिएको प्रतिबेदनमा भनिएको छ । पर्यटन ब्यबसायीले निरौलाको बिरोधमा थालेको आन्दोलनका दौरान उनले अख्तियारको दुरुपयोग गरेको बिषयमा पनि प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यसअघि छानविन समितिलाई निरौलाले सबै कागजपत्र अख्तियारले लगेको भनी झुक्काएपछि छानविनले पूर्णता पाउन सकेको थिएन । यसपटक भने छानविनमा अख्तियारले पुरै सहयोग गरेको छानविन समितिका सदस्यले बताए । समितिले पर्यटन बोर्डलाई स्वयत्तता राख्नुपर्ने उल्लेख गर्दै स्वयत्तताको नाममा कसैले पनि आफुखुसी गर्न नपाउने व्यवस्था गर्न सुझाव दिएको छ ।

No comments:
Post a Comment