Monday, September 1, 2014

मलेसियामा एक नेपालीको मृत्यु

September 1

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । बेलुका खाना खाएर सुतेका बाँकेका रत्नबहादुर सुनारलाई आइतवार बिहान साथीहरुले मृत अवस्थामा फेला पारेका हुन् । बाँकेको नोवस्ता २ मकंवार घर भएका ३२ वर्षका सुनार मलेसियाको हाई युनियन इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए । उनी रोजगारीका लागि एक वर्षअघि मलेसिया पुगेका थिए । शनिवार राति खाना खाएर सकुशल सुतेका रत्नलाई बिहान मृत भेटाएको र शवको पोस्टमार्टमका लागि स्थानीय तेलोइन्तान अस्पतालमा राखिएको रत्नका साथी गोरख बोहराले जानकारी दिए |

No comments: