Wednesday, September 17, 2014

रोल्पामा बैंक सेवा दिनभर बन्द

सहकर्मी पक्राउको विरोधमा नेपाल बैंक लिमिटेड रोल्पाले आज दिनभर सेवा बन्द गरेका छ।
 
किर्ते हस्ताक्षरको आरोपमा पक्राउ परेका २ जना कर्मचारीलाई रिहाईको माग गर्दै बैंकका कर्मचारीले हातमा कालोपट्टि बाधेर सेवा बन्द गरेका हुन्। 
 
नेपाल बैंक लिमिटेड रोल्पाले एक अपिल जारी गर्दै आजको आफ्नो सम्पूर्ण सेवा बन्द गरेको हो। आफ्ना २ कर्मचारीलाई 'प्रहरी प्रशासानले गैरन्यायीक र गुन्डागर्दी शैलीमा फसाउने नियतले गिरफ्तार गरि हिरासतमा राखि झुठो किर्ते ठगी मुद्धा चलाउने तयारीमा रहेको' अपिलमा उल्लेख छ।
 

शिक्षकले नै किर्ते गरि ३ लाख झिके पछि...

 
बैंकमा लामो समयदेखि कार्यरत सल्यानका मुकुन्दकुमार श्रेष्ठ र तनहुका भेषविक्रम अधिकारी आईतवार पक्राउ परेका थिए। उनीहरु गत ३ तीनदिन देखि प्रहरीको हिरासतामा छन्। एक शिक्षकले किर्ते गरि ३ लाख झिके पछि नेपाल बैंकका कर्मचारी प्रहरीको हिरासतमा परेका हुन।
 
श्री सरस्वती मा.वि. पाङका शिक्षक देववहादुर घर्तिले स्कुलको दराजवाट चेक चोरी २०७१ वैशाख ३ गतेको मितिमा २ लाख र जेष्ठ २६ गतेको मितिमा  १ लाख गरी ३ लाख निकालेको प्रहरीले जनाएको छ।

No comments: