Tuesday, September 9, 2014

प्रेस युनियन अध्यक्षमा सिग्देल र महासचिवमा शिवाकोटी बिजयी

September 9
काठमाडौं । नेपाली कांग्रेस सम्बद्द पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल निर्वाचित भएका छन् । प्रतिद्दन्द्दी शिव लम्साललाई १९८ मतको अन्तरले पराजित गर्दै सिग्देल युनियनको अध्यक्षमा निर्वाचित भएका हुन् ।press-union-1
  सिग्देलले ६ सढय ४२ मत ल्याउदा लम्सालले ४ सय ४४ मत पाएका छन् । त्यस्तै महासचिवमा अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । उनले ६ सय २२ मत पाउदा प्रतिद्दन्द्दी होम लम्सालले ४ सय १६ मत पाए । युनियको बरिष्ठ उपाध्यक्षमा दिपक आचार्य, खुला उपाध्यक्षमा इश्वरी ओझा र रमेश पौडेल निर्वाचित भएका छन् ।
 समावेशी उपाध्यक्षमा बिजय शन्तोषी राई निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा बाला अधिकारी निर्विरोध भइन् । उपमहासचिवमा प्रेम केसी र भिष्मराज ओझा निर्वाचित भएका छन् भने महिला उपमहासचिवमा सलोजा दाहाल निर्विरोध भइन् ।

 सचिवमा खिला कार्की र सूर्य क्षेत्री निर्वाचित भएका छन् । त्यस्तै महिला सचिवमा दिपा आले निर्विरोध भएकी छन् । कोषाध्यक्षमा सरोज राज अधिकारी निर्वाचित भएका छन् ।
खुला केन्द्रीय सदस्यमा भुवन शर्मा, माधव धिताल, बसन्त पराजुली, बिजय रेग्मी, दिलिप पौडेल, ऋषिकान्त पौडेल, राज रेग्मी, जयसिंह केसी, शिवराज योगी, रमेश वाग्ले, युवराज गौतम, सुलोचना गौतम, राजाराम कार्की, कल्पना शर्मा, प्रकाश अधिकारी निर्वाचित भएको महासचिव शिवाकोटीले जानकारी दिए ।

 त्यस्तै अन्चल संयोजकहरुमा मेचीबाट गोविन्दचन्द्र क्षेत्री, कोशी उद्दव तिम्सिना, सगरमाथा नविन राई, जनकपूर रोशन न्यौपाने, बागमति मुरारी अधिकारी, नारायणी सन्जय कार्की निर्वाचित भएका छ्न । त्यस्तै माधव अर्याल लुम्बिनी, टंकराज अधिकारी गण्डकी, ज्ञानेन्द्र गौतम धौलागिरी, केपी घिमिरे राप्ती, राजेन्द्र कार्की भेरी, खगेन्द्र भट्टराई कणर्ाली, जगत साउद सेती, हरिश भट्ट महाकाली, महाकाली, निरज खतिवडा उपत्यका र ठाकुर बेल्बासे प्रतिष्ठान संयोजकमा निर्वाचित भएका छन् ।

 समावेशी केन्द्रीय सदस्यमा हिरालाल विश्वकर्मा, टेकवहादुर सार्की, बिजय कुशवाह, रामबाबु यादव, अवदेश झा बिजयी भएका छन् । त्यस्तै सुरेशकुमार श्रेष्ठ, चन्द्रकला राई, पवन श्रेष्ठ, सृजा अर्याल, सुरक्षा रेग्मी, दिलिपाश्री अधिकारी र अपांगमा माधवप्रसाद चम्लागाई निर्वाचित भएका छन् ।

No comments: