September 9
विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले संविधान बन्ने सुनिश्चित भए उच्चस्तरीय राजनीतिक समिति बनाउँदा हुने बताएकी छन् ।

विराटनगरमा हुने एक कार्यक्रममा सहभागी हुन जानेक्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले संविधान निर्माणमा दलहरु केन्दि्रत हुनुपर्ने, सबै दलको लक्ष्य संविधान हुनुपर्ने तथा आपसी विवाद समाधानमा सबै लचक हुनुपर्ने बताइन् ।
उनले भनिन्-‘यदी दलहरु संविधान निर्माणमा दृढ भएर विवादीत विषयलाई पनि आपसी लचकता अपनाएर अगाडि बढ्छन् भने उच्चस्तरीय राजनीतिक समिति बनाउँदा हुन्छ । तर, जसरी पनि संविधान बन्नुपर्छ ।’
नेतृत्वका विषयमा पार्टी भित्र भएको विवाद सामान्य भएको भन्दै उनले नेतृत्व हस्तान्तरण गर्न अहिले हतार नभएको कोइरालाले बताइन् । उनले भनिन् -‘नेतृत्व हस्तान्तरण हतारको विषय हैन । अब एक वर्षपछि हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्नेछ ।’

No comments:
Post a Comment