५ असोज, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले कांग्रेस र एमालेले राजनीतिक निकास नचाहेकाले सर्वपक्षिय राजनीतिक सम्मेलन भाँडिएको बताएका छन् ।
कांग्रेस र एमालले राष्ट्रिय सहमतिको लागि भन्दापनि औपचारिकताको लागि मात्र सम्मेलन गर्न खोजेको उनले बताए । ‘हामीले शान्ति प्रक्रियाका बाँकी काम र संविधानका अन्तरवस्तुमा राष्ट्रिय सहमति गर्न गोलमेच सम्मेलनको माग गरेको थियौं, तर एकदिने विचार गोष्ठीमा सिमित गर्न खोजिएकोले हामी सहभागी भएनौं’ वैद्यले भने ।आइतबार खिमा रिजालद्वारा लिखित ‘अविचलित यात्रा’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा वैद्यले भने-‘कांग्रेस-एमालेका साथीहरुले सर्वपक्षिय राजनीतिक सम्मेलनलाई विचार गोष्ठी जस्तो बनाउन खोजेकाले हामीहरुले सहभागी भएनौं ।’
माओवादी अध्यक्ष मोहन बैद्यले निकास दिन नसक्ने कुनै कुनैपनि नामको गोष्ठीमा बस्नुको औचित्य नभएको बताए ।
अर्को प्रसंगमा अध्यक्ष वैद्यले माथिल्लो कर्णालीको पिडिए राष्ट्रहित विरोधी भएका बताए । उनले आफ्नो देशलाई अन्धकारमा राखेर नेपालको सम्पदा विदेशीलाई दिन नहुने बताए ।
- See more at:
No comments:
Post a Comment