Tuesday, September 9, 2014

यू-१६ च्याम्पियन क्रिकेटरलाई जनही ५० हजार प्रदान

September 7
काठमाडौं । सरकारले एसीसी यू-१६ प्रिमियर क्रिकेटको च्याम्पियन नेपाली टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।



 युवा तथा खेलुकद मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा खेलाडी, प्रशिक्षक र व्यवस्थपकलाई पूर्व घोषणा अनुसार जनही नगद ५० हजार प्रदान गरेको छ ।

 मलेसियामा भएको प्रतियोगितामा सबै खेल जितेको नेपालले यू-१६ मा पहिलो उपाधि जितेको थियो ।

 कार्यक्रममा खेलकुदमन्त्री पुरुषोतम पौडेलले क्रिकेटरहरुले नेपालको नाम राखेको भन्दै अब पूर्वाधार विकासमा मिलेर काम गर्ने बताए ।

No comments: