Saturday, September 20, 2014

क्लिन अप नेपालले देशभर सरसफाइ गर्दै

September 20

clean-up-nepalकाठमाडौं । क्लिन अप नेपालले आज देशभर सरसफाइ अभियान सञ्चालन गर्दैछ । विश्व सरसफाइ दिवसको अवसरमा सरसफाइ अभियान सञ्चालन गर्न लागेको हो ।काठमाडौंसहित देशका ७० भन्दा बढी स्थानमा बिहान ७ बजेदेखि ११ बजेसम्म सरसफाइ हुने क्लिन अप नेपालका कार्यक्रम अधिकृत कमल रानाले जानकारी दिए ।

अभियान अन्तर्गत काठमाडौं महानगरपािलकासँगको साझेदारीमा ३५ वटै वडामा सफाइ अभियान सञ्चालन हुनेछ । त्रिपुरेश्वरस्थित कालमोचनमा भने बिहान १० बजे विशेष कार्यक्रमका साथ अभियान सञ्चालन हुने रानाले बताए ।

 कालमोचनमा हुने कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल, अष्ट्रेलियन राजदुत ग्लेन हृवाइट, महानगरपालिकाका प्रमुख धनबहादुर श्रेष्ठ लगायतका सहभागी हुनेछन् ।क्लिन अप नेपालका अनुसार यो वर्ष देशभरबाट ३५ हजार भन्दा बढी स्वयंसेवकले सरसफाइ गर्ने छन् । अभियानलाई अष्ट्रेलियन राजदुतावासले सहयोग गरेको छ ।


No comments: