Tuesday, September 2, 2014

प्रधानमन्त्री कोइरालाले भने-मैले क्यान्सरलाई खाइसकेँ


September 2 काठमाडौं ।

प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई अब क्यान्सरले पनि केही गर्न नसक्ने बताएका छन् । susil-koiralasusil-koirala

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्राकृतिक प्रकोप पीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिने राहत रकम लिँदै उनले भने-’मलाई क्यान्सरले पनि केही गर्न सक्दैन । मैले नै क्यान्सरलाई खाइसकेँ ।’ फोक्सोमा क्यान्सर देखिएपछि प्रधानमन्त्री कोइरालाले गत आसरमा एक महिनाबढी अमेरिकामा उपचार गरेका थिए । उनी असोजमा फेरि अमेरिका जाने तयारीमा छन् । प्रधानमन्त्री कोइरालाले देशको विकासको लागि काम गर्ने समय आएको बताए । नेपालमा जनताले चाहे जस्तो राजनीतिक प्रणाली प्राप्त भसकेको भन्दै उनले अबको समय विकास निर्माणमा लगाउनु पर्ने बताए । उनले भने-’अब देशमा शान्ति, स्थायित्व, लोकतन्त्र र लोकतान्त्रिक संविधान आउँछ । नेपालले उज्यालो पाउँछ ।’ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा आज वर्ल्ड लिङ्क कम्युनिकेशनले ५ लाख प्रदान गरेको छ । यस्तै मनाङ सेवा समिति, मनाङ-मस्याङ्दी क्लब, न्यासाङ मनाङ वुमेन सोसाइटी र मनाङ वुमेन इम्पावरमेण्ट संस्थाका तर्फबाट एकमुष्ट ४ लाख २१ हजार रुपैयाँ प्राप्त भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यसैगरी टुरिज्म डेभलपमेण्ट बैंकले राहत कोषमा १ लाख ५१ हजार, सगरमाथा मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सले १ लाख ५ हजार ५ सय ५५ र गामबेसी दोहोरी नाचघरले १ लाख १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

No comments: