September 20
काठमाडौं । वाम-लोकतान्त्रिक आन्दोलनकी अग्रणी साहना प्रधानलाई फेरि निमोनियाको समस्या देखिएको छ ।
उनको उपचारमा संलग्न चिकित्सक डा सङ्गीतलाल कसजुले नेत्री प्रधानलाई केही दिनदेखि निमोनियाको समस्या देखिएको र अहिले अन्य समस्या भने नभएको बताए । फोक्सोमा संक्रमण तथा मस्तिष्कघातका कारण अस्वस्थ भएपछि गत जेठ २३ गतेदेखि बल्खुस्थित बयोधा अस्पतालकोे सघन उपचार कक्षमा नेत्री प्रधानको उपचार भइरहेको छ ।
सुरुमा भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा अहिले मस्तिष्कघात र फोक्सोमा देखिएको सङ्क्रमणबाट खतरामुक्त भएकाले भेन्टिलेटरबाट निकालिएको छ ।
डा कसजुका अनुसार स्वास्थ्यमा सुधार भएर घर पठाउने तयारी गर्दागर्दै निमोनियाको समस्या देखिएको र बेला-बेलामा भेन्टिलेटरमा समेत राख्नुपर्ने भएको छ । तीन वर्षदेखि अस्वस्थ रहनुभएकी ८८ वषर्ीया प्रधान नौ महिनादेखि बोल्न नसक्ने अवस्थामा छिन् । रासस
No comments:
Post a Comment