Wednesday, September 17, 2014

हेडक्वाटरले एसएसपी रमेश खरेलमाथि कारबाही नगर्ने

September 17

रमेश खरेल असोज, काठमाडौ । संगठनको नीति र पदीय आचरणविपरीत अभिब्यक्ति दिएको आरोपमा छानबिनमा तानिएका एसएसपी रमेश खरेलमाथिको कारबाही प्रक्रिया स्थगित गरिएको छ । तत्कालिन डीआइजी विज्ञानराज शर्मा (हाल एआइजी) नेतृत्वको छानबिन समितिले खरेललाई कारबाहीको सिफारिस गरे पनि हेडक्वाटरले रोकेको नयाँ पत्रिकामा खबर छ ।कारबाही गर्दा एसएसपी खरेलको आगामी करिअरमा ठूलो धक्का लाग्न सक्ने भएकोले आइजीपी उपेन्द्रकान्त अर्यालले कारबाही प्रक्रिया स्थगित गरेको स्रोतले बतायो । प्रहरी संगठनभित्र खरेल भावी आइजीपीका रुपमा हेरिएका अधिकृत हुन् । हालको नियमावली अनुसार २८ बैशाख ०७४ पछि उनकै ब्याचबाट आइजीपी छानिनेछ । त्यसबेला खरेलसँगै एसएसपी सर्वेन्द्र खनाल, राजेन्द्रमान श्रेष्ठलगायत प्रतिष्पर्धी हुनेछन् ।गृह मन्त्रालयले सोमवार खरेललार्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा सरुवा गरेको छ । उनी विभागका कार्यरत थिए ।काठमाडौ प्रहरी प्रमुख रहेकिा बेला गत ११ जेठमा नेपाल प्रहरी क्लवमा आयोजित एक कार्यक्रममा खरेलले भाषण गर्दे ‘एआइजी बढुवामा बि्रफकेसको चलखेल भइरहेको’ बताएका थिए । कार्यक्रममा उपस्थित परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसित उनले बि्रफकेस बोक्नेहरुलाई बढुवा नगर्न आग्रह गरेका थिए । त्यसबेला विवादका कारण एआइजी बढुवा लम्बिरहेका थियो ।


No comments: