Thursday, September 11, 2014

संवाद समितिको प्रतिवेदन संविधानसभामा छलफल हुने

September 11
काठमाडौं । संविधानसभाको बैठक बिहीबार बस्दैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा साँझ ५ बजेपछि बस्ने बैठकमा संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले तयार पारेको प्रतिवेदनका बारेमा छलफल हुनेछ ।

 दुई महिनादेखि बस्न नसकेको बैठकमा संविधानका विवादित विषयमा संवाद समितिले गरेको सहमति तथा सहमति हुन बाँकी रहेका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।

 संविधानसभा बैठकमा संवाद समितिका सभापति बाबुराम भट्टराईले पेस गरेको संविधानका अन्तरवस्तुमा भएका सहमति र असहमतिको प्रतिवेदनमाथि छलफल गर्ने सहमति कार्यव्यवस्था परामर्श समिति बैठकमा भएको छ ।

 केही दिनको छलफलपछि सहमतिका विषय मस्यौदा समितिमा र विमतिका विषय फेरि छलफल गर्न निश्चित समय तोकेर संवाद समितिमै पठाइनेछ ।

No comments: