Thursday, September 11, 2014

नम्रताका लागि ‘सम्बोधन’को आशा

September 11
भदौ ६ गतेबाट सरेको चलचित्र ‘सम्बोधन’ माघ १६ गते आउने भएको छ । चलचित्रको निर्माणपक्षले नयाँ मिति तय गरेको हो । सरोज न्यौपानको निर्माणमा तयार भएको चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् ।
चलचित्र ‘कोहिनुर’ले आक्रामण व्यापार गरेपछि यो चलचित्र पछि हटेको थियो । चलचित्रमा नम्रता श्रेष्ठ, दयाहाङ राई, विनय भट्ट लगायतका कलाकारको अभिनय छ ।

 चलचित्र ‘ताण्डव’ असफल भएपछि नायिका नम्रता श्रेष्ठका लागि ‘सम्बोधन’ सफलताको कडी बन्न सक्छ । चलचित्रमा उनी क्राइम रिपोर्टरको भूमिकामा देखिएकी छिन् ।

No comments: