Sunday, September 21, 2014

एसियाडको फुटबलमा नेपाल जापानसँग पनि पराजित इन्चोनमा गोल नै गर्न सकेन

September 21
काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा जारी एसियाली खेलकुद अन्तरगत फुटबलमा नेपाल जापानसँग पराजित भएको छ ।
आइतबार भएको समूह चरणका अन्तिम खेलमा नेपाल डिफेण्डिङ च्याम्पियन जापानसँग ४-० ले पराजित भएको हो । हारसँगै नेपालले इन्चोनमा सबै खेल मात्र गुमाएन, एक गोल पनि नगरी फर्किएको छ ।
पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो होफमा तीन गोल खाएको थियो ।
आफ्नो पहिलो खेलमा इराकसँग ४-० ले पराजित भएको थियो भने दोस्रो खेलमा कुवेतसँग ५-० ले स्तभ्द भएको थियो ।

No comments: