Thursday, September 4, 2014

यस्तो छ अटो मेलाको माहौल (फोटो फिचरसहित)


September 4 काठमाडौं ।
 राजधानीको भृकुटीमण्डपमा बुधबारदेखि सवारी साधनको कुम्भ मेला सुरु भएको छ । मेलामा अर्थमन्त्री डा. रामशरणा महतले उदघाटन गरेका छन् । मेला दिउँसाे साढे ५ बजे उदघाटन भएपनि उदघाटन अगाडिदेखि नै गाडी पारखीहरुको मेलामा भिड लागेको छ । Nada Auto Show 2014 (5)अटोमोबाइल डिलर्स एशोसियशन (नाडा)ले आयोजन गरेको मेलामा नयाँ मोडलका गाडी तथा मोटरसाइकलमा सर्वसाधारणले चासो देखाएका छन् । विश्वभर ख्याती प्राप्त ब्रान्डका गाडी तथा मोटरसाइकल एकै स्थानमा अवलोकन गर्न पाइने हुँदा पनि अटो शोमा सर्वसाधारणको भिड लाग्ने गर्छ । मेलामा सर्वसाधारणको भिड लागेपछि आफुहरु उत्साहित भएको मेला संयोजक सम्भु दाहालले बताए । Nada-Auto-Show-2014-19अघिल्लो वर्षहरुका मेला भन्दा यस पटकको मेला भव्य हुने उनको भनाई छ । मेलामा आधा दर्जन गाडी कम्पनीहरुले नयाँ मोडल प्रर्दशनीमा राखेका छन् । टाटा मोटर्सले प्रर्दशनीमा राखेको कन्सेप्ट भेहिकल टाटा एक्स्ट्रीम लदाक हेर्न सर्वासाधारण उत्साहित भएको देखिन्छ ।Nada Auto Show 2014 (11) मेलामा सहभागि दर्शकहरुले लदाकलाई छुँदै हिँडेको स्टलकर्ताले बताए । मेलामा १२ वटा ब्रान्डका चार पाँग्रे सवारी र ११ ब्रान्डका मोटरसाइकल रहेका छन् । त्यस्तै, मेलामा बैंक तथा वित्तिय संस्था, स्पेयर्स पार्टस, लुब्रिकेन्ट्स लगायतका स्टलहरु पनि रहेका छन् । फियाट, दाइहात्सु, होन्डा, स्कोडा, फोर्ड, फियाट, किया, सुजुकी, किया, टाटा, टोयोटा, भक्सवागन कम्पनीका चार पाँग्रे सवारी र बजाज, केटीएम, हिरो, महिन्द्र, रोयल इन्फिल्ड, टेरा मोटर्स, यामाहा, टिभिएस, युएम लगायतका कम्पनीहरुका दुई पाँग्रे सवारी प्रर्दशनीमा राखिएको छ ।Nada Auto Show 2014 (1)
टोयोटा कम्पनीले भित्राएको नयाँ गाडी इटिओस क्रस, होन्डाको मोबिलियो, सुजुकीको सेलेरियो गाडीमा पनि सर्वसाधारणको भिड देखिन्छ । म्यूजिकमय बनेको मेलामा गाडी कम्पनीहरुबीच प्रतिस्पर्धा चलेको देखिन्छ । स्टलकर्ताहरुलाई दर्शकको ध्यान आफुतर्फ आकर्षित गर्न भ्याई नभ्याई देखिन्छ । Nada Auto Show 2014 (2)मेलामा बच्चादेखि बुढासम्मको उपस्थिती देखिएको छ । यमाहाले मेलामा राखेका मोटरसाइकल आर ६, आर १५ र एफजेड एसको अपग्रडेड भर्सन हेर्न पनि भिड लागेको छ ।Nada Auto Show 2014 (3) त्यस्तै, होन्डाको सिबिआर १५० आर, होन्डा एक्टीभा, हिरोको करिज्मा रहेका स्टलमा पनि भिड देखिन्छ । त्यस्तै, केटीएम डुक, बजाज, रोयल इन्फिल्ड, युएम, महिन्द्राका स्टलमा पनि सर्वसाधारणको चासो देखिएको छ ।


Nada Auto Show 2014 (13)Nada Auto Show 2014 (9)Nada Auto Show 2014 (12)Nada Auto Show 2014 (8)Nada Auto Show 2014 (10)Nada Auto Show 2014 (4)

No comments: