Saturday, September 13, 2014

सपनामा देखेको यौनसम्पर्कको कथा सुनाउने शिक्षक प्रहरीको खोरमा

September 14
रौतहट । सपनामा देखेको कुरा सुनाउँदा एक शिक्षक प्रहरी हिरासतमा पुगेका छन् । रौतहटको झुनखुनवामा रहेको यमुनामाई उच्चमाविमा विज्ञान विषय पढाउने शिक्षक जयचन्द यादव प्रहरी हिरासतमा पुगेका हुन् ।
sex-feet-hed
शिक्षक यादवले कक्षा नौमा पढ्ने एक छात्रालाई सपनामा यौन सम्पर्क गरेको देखेको भन्दै विद्यालयमा गएर ती छात्रासँग सपनाको कुरा सुनाएपछि दुब्र्यवहार भएको दाबीसहित विद्यार्थीले ती शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

 शिक्षक यादवले बिहीबार विद्यालयमा सुनाएको कुरा छात्राले अभिभावकलाई जानकारी गराएपछि शुक्रवार शिक्षकलाई विद्यार्थी र अभिभावकले प्रहरीको जिम्मा लगाएको अन्नपूर्ण पोष्टमा खबर छ ।

 शिक्षक यादव प्रहरी नियन्त्रणमा रहेको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भीम ढकालले बताए । उनले दुवै पक्ष राखेर छलफल गरी समस्याको समाधान गरिने बताए । विद्यार्थी र अभिभावकले दोषी शिक्षकलाई कारबाही गर्न माग गर्दै विद्यालय र प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका छन् ।

No comments: