Sunday, September 7, 2014

दसैंको मुखमा यातायात भाडा बढाउने सरकारी तयारी

September 6
काठमाडौं । चाडपर्वको मुखमा सरकारले यातायात भाडा बढाउनका लागि सहमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले करिब ६ प्रतिशत भाडा बढाउन सहमति दिएको हो ।
 यातायात व्यवसायीको दबाबका आधारमा सरकारले भाडा बढाउन सहमति दिएको नयाँ पत्रिकामा खबर छ । तत्काल भाडा बढाए दसैंमा गृहजिल्ला जाने लाखौं यात्रु मर्कामा पर्नेछन् । दसैंको मुखमा भाडा बढाउँदा आलोचना हुने भएकाले पनि यातायात व्यवस्था विभागले भाडा बढाउने निर्णय भने गर्न सकेको छैन् ।

‘मन्त्रालयबाट सहमति आएको छ, व्यवसायीहरुले पनि बढाउनुपर्छ भनेका छन्,’ यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले भने, ‘तर दसैंको मुखमा भाडा नबढाउन हामीले व्यवसायीलाई आग्रह गरेका छौं ।’ यातायात व्यवसायीहरुले भने पटक-पटक भाडा बढाउन दबाब दिँदै आएका छन् ।

ट्याक्सी व्यवसायीहरुले समेत केही दिनअघि विभागमै गएर तत्काल भाडा बढाउन दबाब दिएका थिए । पेट्रोलियम पदार्थको मूल्यवृद्धिअनुसार भाडा समायोजन नभएको भन्दै व्यवासयीहरुले भाडा बढाउनुपर्ने दबाब दिएका हुन् ।

No comments: