Sunday, September 21, 2014

अश्लील शब्द लेखेर युनाइटेड गोर्खा स्कुलमा चोरी

September 21:

चोरीका क्रममा तोडफोड गरिएको कार्यालय। तस्बिरः भोजराज श्रेष्ठ 


धरानको अर्को स्कुलमा पनि शनिबार बिहानको राति चोरी भएको छ। धरान १५ स्थित युनाइटेड गोर्खा एकेडेमीको केही रकम र सामग्री चोरी भएको छ। धरान ७ को मदरल्याण्डमा चोरी भएको प्रकृति त्यहाँ पनि दोहोरिएको छ। ढोकाको ताल्चा फुटाएर प्रवेश गरेको देखिन्छ। 
चोरहरुले वाललगायतमा अस्लिल शब्द र भिखारी स्कुल भनेर मार्करले लेखेर छाडेका छन्। स्कुलका प्रिन्सिपल पेम्बा शेर्पाका अनुसार झण्डै १३ हजार रुपैया, निकोन कम्पनीको लेन्स सहित क्यामेरा, एउटा राउँटर चोरी गरेका छन् भने कम्प्युटर र प्रिन्टर ध्वस्त बनाएका छन्। त्यस्तै एलसिडी मोनिटरसमेत ध्वस्त बनाउने प्रयत्न गरेका छन्। 
 
त्यस्तै स्टिलको दराज, काठको दराजलगायत सामग्री पनि फुटाएका छन् भने स्टाफ रुम र अफिस रुममासमेत फुटाएर वालहरुमा विभिन्न अस्लिल शब्दहरु लेखेर छाडेका छन्। 'अस्लिल शब्दसँगै अस्लिल चित्रहरु बनाएर अन्य कागजात ध्वस्त बनाउने प्रयत्न गरेको देखिन्छ।' प्रिन्सिपल शेर्पाले भने 'यो संगठित चोरहरुले नै गरेको देखिन्छ।'
 
ठीक एकसाता अघि पनि यस्तै प्रकृतिको चोरी मदरल्याण्डमा भएको थियो भने त्यसको ठिक पहिलो साता सुम्निमा बोर्डिङ स्कुलमा पनि चोरी भएको थियो। धरानमा संगठित संस्थाले चोरी गर्ने दुस्प्रयास भइरहदा पनि प्रहरीले अहिलेसम्म चोरहरु पत्ता लगाउन सकेको छैन्। मदरल्याण्डका प्रिन्सिपल बमबहादुर बिकले चोरी भएको केही समयमै निवेदन दिए पनि चोरहरु खोज्ने तर्फ प्रहरीले ध्यान नदिएको आरोप प्रिन्सिपलहरुको छ। 
 
'हरेक शनिबार यस्तो घटना भइरहेको छ।' शेर्पाले भने 'लेखाई, गराई र कागजपत्रहरु ड्यामेज बनाउने उद्देश्य उस्तै छ।' वडा प्रहरी कार्यालय धरानले पनि त्यस घटनालाई नजिकबाट नियालिसकेका छन्। तर, प्रतिक्रिया भने दिएका छैनन्। उनले आफूसँग कसैको पनि रिसिइवी नभएको जिकिर गर्दै बारम्बार चन्दा माग्न विद्यार्थी संगठनहरु आइरहेको बताएका छन्।
 
इलाका प्रहरी कार्यालय धरानका डिएसपी संजयसिंह थापाले चाडै नै प्रहरीको फन्दामा आउने दाबी गरेका छन्। 'हामी चोर नजिक पुगिसकेका छौं।, केही दिनमै रिजल्ट आउँछ।, उनले सवैजसो स्कुलमा एउटै प्रकृतिको घटना भएको देखिने र एउटै समूह भएको दाबी गरेका छन्।

No comments: