Thursday, September 18, 2014

ब्लड क्यान्सर पीडित बालकलाई कोरियाबाट सहयोग

September 18
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले ब्लड क्यान्सरबाट पीडित रोल्पाका एक बालकलाई ७७ हजार रूपैयाँ सहयोग गरेको छ।
कक्षा तीनमा पढ्ने रोल्पा राङ्ची-३ का ११ वर्षीय भुवन घर्तिमगर विगत एक वर्षदेखि ब्लड क्यान्सरबाट पीडित छन्।
राजधानीको कान्ति बाल अस्पतालमा उपचाररत घर्ति मगरलाई समितिले दिएको ७० हजारमा नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्माले हस्तान्तरण गरेका छन्।
शर्माले कोरियाबाट प्रप्त ७० हजारमा आफूले ७ हजार थपेर ७७ हजार रूपैयाँ पारेर बुधबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा पीडित बालकलाई हस्तान्तरण गरेका हुन्। कोरियामा नवराज सिवाकोटीको नेतृत्वमा रकम संकलन गरिएको थियो। 

No comments: