Friday, September 12, 2014

एमाओवादी उपाध्यक्ष बोगटीलाई हृदयघात, अवस्था खतरामुक्त

September 12
, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोस्टबहादुर बोगटी हृदयघाट भएर अस्पताल भर्ना भएका छन् ।
 posta bahadur bogati
 बोगटीलाई बिहीबार राति ९ बजे हृदयघात भएको थियो । हृृदयघात भएपछि उनलाई राति नै बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्र पुर्‍याइएको थियो ।

 आइसीयूमा राखिएर उपचार गराइएका बोगटीको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको परिवार स्रोतले जनाएको छ । बोगटीलाई अहिले सीसीयूमा राखेर उपचार गरिँदैछ ।

बोगटी अस्पताल भर्ना भएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ रातिनै अस्पताल पुगेका थिए ।

No comments: