September 1 कोनाक्रि ।
गुएनामा इबोला भाइरसका कारण मात्र कम्तीमा पनि ४६० जनाको मृत्यु भएको छ ।
गुएनाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार त्यहाँ हालैका दिनमा देखा परिरहेको प्राणघातक सङ्क्रमण इबोलाबाट ४६० जना मारिएको जनाएको हो । सोमबार दिइएको जानकारीअनुसार त्यहाँ यस सङ्क्रमणका करिब ७०० बिरामी भेटिएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
रोगको सङ्क्रमण देखिएपछि ४५ जना स्वास्थ्यकर्मी नै सङ्क्रमित हुन पुगेका बताइएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार ती सङ्क्रमितमध्ये २६ जना मारिएका छन् । बाँकी स्वास्थ्यकर्मीको उपचार जारी रहेको छ ।
सङ्क्रमणको नियन्त्रणका लागि त्यहाँको स्वास्थ्य मन्त्रालयले विभिन्न १६ स्थानमा सीमामा स्वास्थ्य जाँच चौकी स्थापना गरेको छ । तर स्वास्थ्यकर्मी नै मारिएपछि भने उपचारका लागि निकै कठिनाई परिरहेको र यसका लागि आवश्यक वातावरण निर्माणको काम निकै कठिन र जोखिमपूर्ण बन्दै गएको सरकारले जनाएको छ ।
यस सङ्क्रमणले अपि|mकी देशहरुलाई शिकार बनाएको छ र जसका कारण एक हजारभन्दा बढीको ज्यान गइसकेको छ । रासस/सिन्हृवा
No comments:
Post a Comment