Sunday, September 21, 2014

नेफ्टा अवार्ड २ दिन पर धकेलियो, कारण के त ?

September 21
nefta-aaward
हङकङमा आयोजना हुन लागेको ‘सातौ नेफ्टा फिल्म अवार्ड’को निर्धारित मितिमा केही फेरबदल आएको छ । एस.के फिल्मस्का प्रमुख सुनिल कुमार थापाले अब अवार्ड कात्तिक ३ गते आयोजना हुने जानकारी दिएका छन् । यसअघि कात्तिक १ का लागि अवार्डको मिति तय गरिएको थियो ।
तिहारको छेकोमा आयोजना हुन लागेको अवार्ड समारोहमा करिब १ सय कलाकार हङकङ पुग्नेछन् । अवार्डको नयाँ मिति तय गरेर निर्माता सुनिल कुमार थापा नेपाल फर्केका छन् । नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले मंगलबार पत्रकार सम्मेलन गरेर अवार्डको तयारीमा लाग्ने बताए । यस्तै, निर्माता सुनिल कुमार थापाले दशैका कारण अवार्डको तयारीमा थोरै समय भएपनि उत्कृष्ट ढंगबाट काम गर्ने बताएका छन् ।
यसअघि मलेसियामा निर्माता सुवास गिरीको पहलमा अवार्ड आयोजना गरेको नेपाल चलचित्र प्राविधिक संघले यसपटक हङकङमा अवार्ड गर्न लागेको हो ।
- See more at: http://www.onlinekhabar.com/2014/09/191275/#sthash.TLTOChNZ.dpuf

No comments: