September 3
लोक दोहोरी क्षेत्रलाई कलाकर्मीले नै अपमानित गरेको भन्दै लोकगायक बद्रि पंगेनीले गुनासो पोख्दै आफुले गीत गाउनै छाड्न सक्ने बताएका छन् । उनले तत्कालका मितिसम्म कलाकारिताका अरु बिधामा रहेकाले आफूले जस्तै आफ्नो क्षेत्रकालाई सम्मान गरेको नपाएको भन्दै त्यस्तो पाइए आफूले गीत गाउनै छाड्ने बताएका हुन् ।
badri pangeni

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले शुक्रवार गर्ने अवार्ड वितरणको तेस्रो संस्करणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन् । “हामी सबै विधाका गायक र फिल्मकर्मीलाई सम्मान गर्छौँ । उहाँहरूले आयोजना गरेको हरेक कार्यक्रममा हाम्रो पनि दायित्व रहेको भन्दै उपस्थित हुन्छौँ । र, हाम्रा कार्यक्रममा उहाँहरूलाई स–सम्मान बोलाउँछौँ ।” गायक पंगेनीले थपे, “तर, हामीलाई चाहिँ उहाँहरूले हेयका दृष्टिले हेर्नुहुन्छ ।” लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्र शर्माले पनि बद्रीको कुरामा सहमती जनाएका थिए । राष्ट्रिय लोकदोहोरी अवार्डको तेस्रो संस्करण भदौ-२०, शुक्रवार हुने प्रतिष्ठानले जनाएको छ । लोक तथा दोहोरी गीत संगीतको महान् चांडको रूपमा हेरिएको उक्त अवसरमा उन्नाइस विधामा अवार्ड बाँडिनुका साथै लाइफ टाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ । उत्कृष्ट सदावहार गीत, पत्रकारिता पुरस्कार र दशकका गायक गरी जम्मा २१ वटा विधामा अवार्ड वितरण गरिने प्रतिष्ठानका अध्यक्ष शिव हमालले बताए । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भव्य र सव्य रूपले सम्पन्न हुने सो कार्यक्रामको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नयाँ प्रतिभाको प्रोत्साहनका खातिर अवार्ड बाँडिन लागेको अध्यक्ष हमालको भनाई छ ।

No comments:
Post a Comment