Tuesday, September 9, 2014

र्‍याडिसन होटलद्धारा पहिलो पटक १० प्रतिशत लाभांशको घोषणा सञ्चित नोक्सानी कटौती गर्दै ५ करोड खुद नाफामा

September 9
काठमाडौं । राजधानीमा सञ्चालित पाँचातारे र्‍याडिसन होटलले आर्थिक वर्ष २०७०/०७१ मा पाँच करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
 radission-hotel
 यस अवधिमा होटलले २१ करोड रुपैयाँ नाफा गरे पनि अघिल्लो वर्षको सञ्चित नोक्सानी कटौति गर्दा नाफा कम देखिएको हो । अघिल्लो वर्ष होटल १५ करोड ९४ लाख रुपैयाँ घाटामा थियो ।

नाफामा गएपछि होटलले पहिलोपटक सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । आगामी असोज २४ गते बस्ने १७औं वाषिर्क साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेपछि मात्रै लागू हुनेछ ।
  होटलले आगामी आर्थिक वर्षदेखि शेयरधनीलाई अझ बढी प्रतिफल वितरण गर्न सक्ने अपेक्षा राखेको छ । होटलले गत आर्थिक वर्षमा एक अर्ब ७ करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।

 यस अवधिमा होटलले ६३ करोड ४७ लाख रुपैयाँ कुल सञ्चालन खर्च गरेको छ । होटलले ४४ करोड रुपैयाँ ४३ लाख रुपैयाँ कुल सञ्चालन गर्न सफल भएको जनाएको छ ।

 यस होटलले २०५७ सालमा सर्वसाधारणमा सेयर जारी गरेको थियो । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न कारणले गर्दा देशको पर्यटन क्षेत्रमा नकरात्मक असर परी देशमा सञ्चालनमा रहेका करिब ९/१० वटा तारे होटल बन्द हुँदा पनि यो होटलले प्रतिकुल परिस्थितिको सामना गर्दै अहिलेको अवस्थामा आइपुगेको कम्पनी सचिव नविन मोहन रञ्जितले घटना र बिचार.कमलाई बताए ।

No comments: