September 2
संखुवासभा । संखुवासभामा रहेको टुटु प्रहरी चौकीलाई भवन बनाउन निःशुल्क जग्गा प्राप्त भएको छ । नाकामा भाडामा रहेको चौकीलाई स्थानीय समाजसेवी केवलमान गुरुङले ५ लाख रुपैयाँ मूल्य पर्ने एक रोपनी जग्गा प्रदान गरेका हुन् । गुरुङले मालपोत कार्यालयमा गई इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुखलाई जग्गा धनीपुर्जा वितरण गरेको जानकारी दिए । यसवाट टुटे प्रहरी चौकीको भवन वनाउनका लागी वाटो खुलेको छ । अव नेपाल सरकारवाट प्राप्त हुने अनुदानबाट प्रहरी भवन निर्माणका लागी सहज हुने स्थानीयबासीले बताए । लाक्पासांगे शेर्पा
No comments:
Post a Comment