September 13
हेटौडा । हेटौडा-२ बनस्खण्डी टोलमा रहेको श्रीदेवी निम्न माध्यामिक विद्यालयको बालविकास केन्द्रका बालबालिकालाई दिवा खाजाका रुपमा जाउलोको ब्यवस्था गरेपछि विद्यार्थी संख्या बढेको छ ।
विद्यालयले अति विपन्न र आर्थिक अवस्था न्यून भएका बालबालिकालाई लक्षित गरी दिवा खाजाका रुपमा जाउलो ब्यवस्था गरेको थियो । गत वैशाखदेखि स्थानीय सहयोगीदाताको खोजी गरेर जाउलो खुवाउने ब्यवस्था शुरु गरेको विद्यालयका प्रधानाध्यापक नवराज पौडेलले बताए ।
अहिले १५ जना भर्ना भएका छन् । विद्यालयमै जाउलो खुृवाउने ब्यवस्था गरेपछि बाल विकास केन्द्रमा बालबालिका संख्यामा बृद्धि भएको विद्यालयले जनाएको छ, अन्नपूर्ण पोष्टमा खबर छ । ‘कतिपय विद्यार्थीको घरमा अभिभावकले खाजा बनाउन नभ्याउने भएकाले हामीले दिवा खाजाको रुपमा जाउलो खाजाको ब्यवस्था गरेका हौं’, प्रधानाध्यापक पौडेलले भने ।
बाल विकास केन्द्रमा रहेका बालबालिकालाई शिक्षिका गीता न्यौपानेले सामाजिक ब्यवहार सरसफाइ, बोलीचाली गीत, नृत्य लगायतका विषयमा अध्ययन गराईरहेकी छन् । प्रधानाध्यापक पौडेलले असारको पहिलो साताबाट एक कक्षामा पनि खाजाको ब्यवस्था गरिएको जानकारी दिए ।

No comments:
Post a Comment