Tuesday, September 9, 2014

‘एमएम १७ दुर्घटना अघि केही बस्तु ठोक्किएको थियो’

September 9
काठमाडौं । मलेसियन एयरलाइन्सको एमएच १७ विमानसँग ‘हावामा केही बस्तुसँग ठोक्किएको’ र त्यही कारण दुर्घटना भएको बताएका छन् ।
malaysia-airlines
 नेदरल्याण्ड सुरक्षा बोर्डको रिपोर्टमा कुनै टेक्निकल वा मानवीय गल्तीका कारण प्रमाण नभेटिएको उल्लेख छ । मलेसियन एयरलाइन्सको यो विमान पूर्वी युक्रेनको सीमामा १७ जुलाइमा खसेको थियो । जसमा २९८ जनाको मृत्यु भएको थियो । उक्त समयमा यो दुर्घटना रुस समर्थिक विद्रोहीको निशाना बनेको बताइएको थियो ।

 नेदरल्याण्डका जाँचकर्ताहरुले ब्लाक बक्स रेकर्डर्स, एयर ट्राफिक कन्ट्रोल स्याटालाइट तस्वीर तथा घटनास्थलमा भेटिएको तस्वीरका आधारमा आफ्नेा प्रारम्भीक रिपोर्ट तयार पारेको बीबीसीले जनाएको छ । ‘सम्भवत हावामा नै विमान टुक्रा भएको थियो ।

किनकी उससँग अन्त्यन्त तिब्र गतिमा केही ठोक्कियो ।’ यद्यपि यो अन्तिम रिपोर्ट होइन । रिपोर्टमा कसैलाई पनि जिम्मेवार ठहर्‍याएइको छैन । तर, एक आपराधिक जाँच छुट्टै भइरहेको छ ।

युक्रेन सरकार र पश्चिमा देशका नेताहरुले विमान रुस समर्थित लडाकूको मिसाइल आक्रमणको निशाना भएको दावी गर्दै आएका छन् ।

No comments: