September 2
नेपाली अटोमोबाइल बजारका अगुवा हुन् युवा उद्यमी शौरभ ज्योति । जापानी कम्पनी होण्डा मोटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकर कम्पनीका अध्यक्ष शौरभ हरेक नेपालीसँग आफ्नै निजी सवारी साधन होस् भन्ने आफ्नो चाहना रहेको बताउँछन् । नेपाल अटोमोबाइल डिलर एसोसिएनका पूर्वअध्यक्षसमेत रहेका ज्योतिसँग बुधबारबाट सुरु हुन लागेको सवारी मेला ‘नाडा अटो शो’का सन्दर्भमा अनलाइनखबरले गरेको कुराकानी-विदेशी गाडीहरु राखेर हरेक वर्ष नाडा अटो शो गरिँदै आएको छ, नेपालमा उत्पादित गाडीहरुको शो गर्ने दिन कहिले आउला ?
नेपालमा मार्केट नभएको होइन । झण्डै २ करोड ९० लाख जनसंख्यालाई ठूलो मार्केट मान्नुपर्छ । प्रतिब्यक्ति सवारी साधनको अनुपात भने संसारकै सबैभन्दा कम मध्येमा छ । एक प्रतिशतभन्दा कमसँग मात्र निजी सवारी साधन छन् भने मोटरसाइकल धनीहरुको संख्या जम्मा ५ प्रतिशतभन्दा कम छ । यो तथ्याङ्क अनुसार पनि नेपालमा ठूलो सम्भावना छ । तर, करको दर महंगो हुँदा यहाँ सवारीसाधन सर्वसाधारणको पहुँचभन्दा बाहिर भयो । मोटरसाइलमा ८० प्रतिशत र गाडीमा २४८ प्रतिशतसम्म भन्सार बुझाउनुपर्छ । जब यो भन्सार घटेर शून्यमा आउँछ, अनि मात्र नेपाली सर्वसाधारणले सवारीधनी हुने मौका पाउनुहुन्छ । त्यसो भयो भने मार्केट पनि बढ्छ र गाडी तथा मोटरसाइकलको उत्पादन स्वदेशमा पनि गर्न सक्छौं ।
भन्सार दर घटाउँदा भन्दा पनि बिदेशी उत्पादनको भन्सार दर महंगो हुँदा नै स्थानीय उत्पादनका लागि सजिलो हुन्छ होला नि ?
वातावरण त बन्ला तर, सरकारले यहीँ गाडी तथा मोटरसाइकल एसेम्बल गर्नेलाई केही सहुलियतहरु दिनुपर्यो । हामीले कम्तिमा पनि ५० प्रतिशत छुट दिनुपर्यो भनेर माग गर्दै आएका छौं । त्यस्तै, आन्तरिक उद्योगमा अन्तःशुल्क लगाउन पनि भएन । सरकारले त्यसो गरिदिए मात्रै यहाँ गाडी उत्पादन गर्न सहज हुन्छ, नत्र हुँदैन । केही दिन अगाडि नाडाको साधारणसभामा अर्थमन्त्री डा. रामशरण महतले गाडी आयात हैन, उत्पादनतिर लाग्नुस् भन्नुभयो । गाडी उत्पादनमा लाग्नेहरुलाई सरकारले हरतरहको सेवा सुविधाहरु उपलब्ध गराउने पनि उहाँले भन्नुभएको छ, उहाँको आश्वासनले गाडी उत्पादनमा तपाईहरुलाई आकषिर्त गर्न सक्यो कि सकेन ? अर्थमन्त्री महतले जे भन्नुभयो, त्यसलाई हामीले एकदमै सकरात्मक रुपमा लिएका छौं । किनभने उहाँले सहयोग गर्ने भनेको आन्तरिक उद्योगहरुलाई प्रमोट गर्ने हो । भन्सार र अन्तःशुल्क नलाग्ने हो भने गाडी एसेम्बल गरेर बिक्री वितरण गर्न सक्षम हुन्छौं ।
त्यति गर्न सकेमा नेपालमा उद्योगहरुको विकास हुन्छ । अर्थतन्त्रलाई पनि सहयोग पुग्छ । रोजगारी पनि सिर्जना हुन्छ । त्यसैले सरकारले यही गर्नुपर्ने हो । सरकारले कुल ८० प्रतिशत भन्सार, अन्तःशुल्क, सडक मर्मत सम्भार, दस्तुर, भ्याट भनेर लगाएको छ । सरकारले भन्सार दर घटाउनुका साथै अन्तःशुल्क लगाएन भने गाडीको एसेम्बल गर्नका लागि हामी लगानी गर्न तयार छौं ।
No comments:
Post a Comment