September 11
काठमाडौं । दसैंमा कैलाली जाने टिकट किन्न बिहान ४ बजे गोंगबु बसपार्क पुगेकी नमिता खत्रीले पाँच घन्टासम्म कुर्दा खोजेको दिनको टिकट पाइनन् । घटस्थापनाको दिन घर जान खोजेकी खत्रीले नपाएपछि असोज १३ को टिकट किन्नुपर्यो ।
‘बुकिङ खुलेको दिन बिहानै गए खोजेको दिनको चाहेको सिट पाइन्छ भनेर आएको, पाइएन’, उनले भनिन् । असोज १० गते रुकुम जाने तयारीमा रहेका रवि देवकोटा पनि पछि टिकट नपाइने पीरले बुकिङ खुलेकै दिन लाइन बस्न आएका थिए । उनले पनि १२ गतेपछिको पाए ।
‘टिकट त पाइयो, भनेको दिनको पाइएन,’ उनले भने । दसैंका लागि घर जान कलेजसमेत छाडेर बिहान ३ बजेदेखि लाइन बस्न आएको उनले सुनाएको नागरिकमा खबर छ । दसैंका टिकटको अगि्रम बिक्री खुला भएकै दिन बुधबार आधार टिकट बिक्री भएको छ ।
गोंगबु, कलंकी, गौशाला, पुरानो बसपार्कका टिकट काउन्टरमा भिसमिसेदेखि नै हजारौको भीड लागेको थियो । भनेको दिने र भनेको जस्तो सिट नपाइएला भन्ने चिन्ताले झिसमिसे मै लाम बस्न आएको यात्रुहरुले बताएका थिए । उपत्यकाका काउन्टरबाट ५० प्रतिशत टिकट बिक्री भइसकेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।
पहिलो दिनमै आधा टिकट बिक्री भए पनि यात्रुलाई यसले असर नगर्ने सिटौलाको दाबी छ । ‘बसको टिकट नपाएर घर जान पाइएन भन्ने गुनासो कतैबाट सुनिने छैन,’ उनले भने ।

No comments:
Post a Comment