Saturday, September 6, 2014

सहमति गर्ने सीमा बढाउन भट्टराईको आग्रह

September 5
काठमाडौं—संविधान सभाका विवादित विषयमा सहमति खोज्ने समय सीमा भोलि (भदौ २१) सकिन लागेको बेला संवैधानिक तथा राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले केही समय थप्न आग्रह गरेका छन्।

 राज्यको पुर्नसंरचना (संघीयतासहित), शासकीय प्रणाली, निर्वाचन प्रणाली र न्याय प्रणालीमा भट्टराई नेतृत्वको समितिले सहमति प्रयास गरिरहेको छ। प्रयास भए पनि ती विषयहरुमा सहमति जुट्न सकेको छैन। भट्टराईले सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी समय सीमा थप्न आग्रह गरेका हुन्।

 'पुर्नसंरचना, शासकीय स्वरुप लगायतका विषयमा सहमति जुटाउन अझै केही समय आवश्यक पर्छ', उनले भने, 'त्यसैले समितिले सहमति जुटाउने समयावधि केही थप्नुपर्ने देखिएको हो।

' नयाँ संविधान निर्माणका लागि तोकिएको कार्यतालिका अनुसार समितिले भदौ २१ भित्र सहमति खोज्ने सीमा तोकिएको छ। संविधान सभाले सहमतिको मिति थप्न सक्नेछ। असहमतिका विषयलाई प्रक्रियामा लैजाउँ: कांग्रेस–एमाले यसअघि संविधानसमा रहेका सम्पूर्ण दलहरुको सर्वदलीय बैठकमा कांग्रेस एमाले नेताहरुले असहमतिका विषयलाई प्रक्रियामा लैजानु पर्ने बताएका थिए।

 साना दलहरुले भने सहमति खोज्ने समय सीमा थप्नु पर्ने धारणा राखेका थिए। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एक महिना जति सहमतिका समय थप गर्दा कही नबिग्रने उल्लेख गरेका थिए।

No comments: