Monday, September 1, 2014

बार्सिलोनाको अपराजित यात्रा कायमै

September 1 काठमाडौं ।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई १–० गोल अन्तरले पराजित गरेको हो ।
Sandro Ramirez
घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि ८२ औं मिनेटमा बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका १८ वर्षीय सान्ड्रो रामिरेजले निर्णायक गोल गरेका थिए ।
यसअघि पहिलो हाफमा लिओनल मेस्सीको फ्रि किक बल भिल्लारियलका गोलकिपरले पन्च गरेर गोल हुनबाट रोकेका थिए । खेलमा भिल्लारियलले पनि केही राम्रो मौका खेल फालेको थियो ।


No comments: