September 4
आजबाट देशभरका विभिन्न हलमा सुवास थापाको निर्माणमा तयार भएको चलचित्र ‘विर्खेलाई चिन्छस्’ प्रदर्शनमा आएको छ । नायक तथा निर्माता सुवास थापाले श्रीमतीको गहना समेत राखेर आफूले यो चलचित्र बनाएको काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा बताएका थिए ।
चलचित्र ‘स्टूपिड मन’ पछि हटेपछि ‘विर्खेलाई चिन्छस्’लाई फाइदा भएको छ । जसका कारण पनि कमेडी जनराको यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।
चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकको मुखमा झुण्डिएको यसका संवाद र शब्दले पनि बक्स अफिसमा फरक पार्ने विश्लेषण चलचित्र बजारमा छ ।
अराज केशवको निर्देशनमा तयार भएको यो चलचित्रमा सुवास थापा, आयुषा राई लगायतका कलाकारको अभिनय छ । यो चलचित्रसँगै बलिउड चलचित्र ‘मेरी कोम’ पनि हलमा लागेको छ । विशेषगरी नेपाली कलाकार सुनिल थापाको अभिनय रहेकाले पनि ‘मेरी कोम’ नेपाली बक्स अफिसमा जम्ने अपेक्षा गरिएको छ ।

No comments:
Post a Comment