Monday, August 25, 2014

कोइराला परिवारमा नयाँ उत्तराधिकारीको उदय

Sashank Koiralaकाठमाडौं–करिब सत्तरी वर्षदेखि नेपाली राजनीतिमा प्रभाव राख्दै आएको कोइराला परिवारमा तेस्रो पुस्ताका दुई नयाँ पात्र शक्तिशाली बनेका छन् । यीमध्ये वीपी कोइरालाका कान्छा छोरा सशांक कोइराला चाँडै नै कांग्रेसको नेतृत्वमा बंश परम्परा धान्नेगरी स्थापित हुँदैछन् । अर्की पात्र मृदुला कोइराला प्रधानमन्त्री सुशील कोइरालाको नेपथ्यकी सत्ता सञ्चालकका रुपमा उदाएकी छन् । पछिल्ला यी घटनाक्रमले कोइराला परिवार र सिंगो कांग्रेसमै खैलाबैला मच्चिएको छ ।
दुई पटक कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भइसकेका र दुई पटक नै संविधानसभा सदस्यमा निर्वाचित भइसकेका वीपी कोइरालका कान्छा छोरा कान्छा छोरा सशांक कोइरालाले अब कोइराला परिवारको उत्तराधिकारी बन्ने लगभग निश्चित भएको छ । शेखर, सुजाता र सशांकमध्ये कांग्रेसलाई हाँक्नका लागि सशांक नै उपयुक्त देखिएपछि उनलाई चाँडै नै १३ औं महाधिवेशनअघि नै महामन्त्री बनाएर नेतृत्वको अभ्यास गराउने खेल सुरु भएको छ । वीपी कोइरालाको विरासतसमेत रहेकाले सशांकलाई वंश राजनीतिको मियो बनाउन लागिएको बालुवाटार स्रोतले जनाएको छ ।
त्यसो त पाटी सभापति एवम प्रधानमन्त्री सुशील कोइराला पनि शेखर र सुजातालाई भन्दा सशांकलाई नै बढी विश्वास गर्छन् । वीपी जेल परेका बेला सशांकलाई हुर्काउने र रेखदेख गर्ने कामसमेत सुशीलले नै गरेको सम्झने कोइराला परिवारका सदस्यहरु उनको रोजाइमा सशांक पर्नलाई आश्चर्य मान्दैनन् । ‘सुशीलदा’ ले सशांकलाई अगाडि बढाउँछन् भन्ने लगभग निश्चित थियो पछिल्लो समयमा शेखरालाई पाखा पार्नुको कारण पनि त्यही नै हो,सायद गिरिजाबाबुले नै भनेर गएको हुनसक्छ ’ ती सदस्यले भने ।
२०१८ मा महेन्द्रले ‘कु’ गरेपछि तुलसी गिरीको पीएबाट बेरोजगार बनेका सुशीललाई बीपी जेल गएपछि केटाकेटीको रेखदेख गर्ने जिम्मा दिइएको स्मरण गर्नेहरु त्यतिबेलैदेखि उनको वीपी परिवारप्रति आशक्ति रहेको बताउाछन् । सुशीलले यसबीचमा परिवारका सदस्यहरुसँग समेत सल्लाह गरेर आफुबाट पार नलाग्ने भन्दै सशांकलाई कमाण्ड सम्हाल्न संकेत गरिसकेका छन् । कार्यकर्ताका भरोसा सशांकप्रति रहेकाले सुशील उनलाई अघि सार्न बाध्य भएको बताइन्छ ।
प्रधानमन्त्री कोइराला भित्रिएपछि उनको भुमिकालाई लिएर कांग्रेस र कोइराला भित्रिएपछि उनको भूमिकालाइ लिएर कांग्रेस र कोइराला परिवारमै पनि विभिन्न टिप्पणी भइरहेका छन् । यद्यपी मृदुला नियत खराब नभएकी महिलाकी रुपमा सहकर्मीमाझ चिनिन्छिन् ।
लामो समयदेखि अमेरिकामै बसेकी,उतैको ग्रीनकार्ड लिइसकेकी मृदुला अमेरिकामा पनि कांग्रेसकै सक्रिय राजनीति गरिरहेकी थिइन् । सुशील कोइरालासँग पुरानो पारिवारिक नातामात्र नभएर अमेरिका उपचारका लागि जाँदा उनैले सबै व्यवस्थापन गर्ने गरेकाले पनि सुशीलका लागि उनी जति भरपर्दो पात्र अरु थिएनन् । आजको साँघु साप्ताहिकमा खबर छ ।

No comments: