एमालेमा असन्तुष्टि, थापाले ल्याए खैलाबैला, रुक्मिीणणी केही घण्टे सभासद
30 August
संविधानसभा निर्वाचन भएको ९ महिनापछि सरकारले मनोनित गर्नुपर्ने २६ मध्ये शुक्रबार दिउँसो १८ सभासदको मनोनयन गरिएको भनिए पनि साँझसम्ममा एकजनाको नाम हटेको छ । यसरी केही घण्टे सभासद बन्नेमा कांग्रेस कोटाका रुक्मिणी कोइराला हुनुहुन्छ ।
त्यस्तै एमालेभित्र असन्तुष्टि बढेको छ भने राप्रपा नेपालका तर्फबाट सभासद मनोनित भएका एन्फा अध्यक्ष गणेश थापाका कारण राजनीतिक-खेलकूद वृत्तमा खैलाबैला मच्चिएको छ ।
शुक्रबार दिउँसो नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा नेपालका गरी १८ जनालाई सभासदमा मनोनित गरिएको सूचना बाहिर आए पनि साँझ मन्त्रिपरिषदले सभासद सिफारिश गरेका १८ जनामध्ये रुक्मिणी कोइरालाको नाम हटाइएको विज्ञप्ति निकालेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मिनेन्द्र रिजालले साँझ जारी गरेको विज्ञप्तिमा कोइरालाको नाम छैन । कोइरालाको नाम कांग्रेसको समानुपातिक सूचिमा परिसकेका कारण सर्वोच्चको वैशाख २९ को आदेश उल्लंघन हुने स्थिति बनेपछि निर्णय सच्याइएको जनाइएको छ ।
मन्त्री रिजालले कोइरालाको नाम दिउसो झुक्किएर नाम पढिएछ खासमा १७ जना सभासदको नामावली सहितको विज्ञप्ति आधिकारिक हो ।
सर्वोच्चका न्यायाधीशद्धय रामकुमार प्रसाद साह र कल्याण श्रेष्ठको संयुक्त इजलासले प्रत्यक्ष चुनाव लडेर पराजित वा समानुपातिक सूचिमा परेकालाई मन्त्रिपरिषदको सिफारिसमा मनोनित हुने २६ सभासदमा नपार्न आदेश जारी गरेको थियो ।
नेपाल पक्षका नेताहरुले संस्थापन पक्षले एकलौटी ढंगले सभासद मनोनित गरेको आरोप लगाएको छ । नेपाल पक्षका नेता भनेर चिनिने एमाले उपमहासचिव घनश्याम भुषालले पदाधिकारी बैठकमा नाम पेश गरेर सभासद मनोनयन गर्ने निर्णय भएको भए पनि त्यसो नभएको भन्दै असतुष्टि जनाउनुभएको हो ।
भुषालले सभासद मात्र होइन अन्य नियुक्तिको क्षेत्रमा पनि गुटलाई टेवा दिने काम भइरहेको बताउँदै यो प्रवृत्तिले पार्टीलाई ठीकक ठाउँमा नपुर्याउने बताउनुभयो ।
त्यस्तै केन्द्रीय सदस्य पुशपति चौलागाईले कुनै गुटलाई प्रोत्साहन दिने काम भइरहेको भन्दै ुयसबारे केन्द्रीय समितिमा छलफल हुने बताउनुभयो ।
यसबीचमा अख्तियार र सार्वजनिक लेखा समितिले भ्रष्टाचारको आरोपमा अनुसन्धान गरिरहेकाा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई सभासद मनोनित गरेकोमा आश्चर्य व्यक्त गरिएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाका सहोदर भाइ गणेशको सभासद मनोनयन खेल क्षेत्रको प्रतिनिधित्व भएको मानिए पनि उहाँमाथि भैरहेको अनुसन्धान र राप्रपा नेपालभित्र वरिष्ठ नेताहरु हुँदाहुँदै अध्यक्ष थापाले नातावाद चलाएको देखिएको छ ।
त्यसो त गणेश थापाले आफ्नो मनोनयनले नेपाली खेल क्षेत्रको प्रतिनिधित्व गरेको र अब आफूले एन्फा मात्र हैन समग्र खेल हेर्नुपर्ने जिम्मेवारी दिएको टिप्पणी गर्दै अख्तियार र सार्वजनिक लेखा समितिको छानबिन अलग्गै विषय भएकाले आफ्नो मनोनयनले त्यसलाई केही फरक नपार्ने बताउनुभएको छ ।
थापाको मनोनयनका विषयमा राप्रपा नेपालका नेताहरुबाट कुनै प्रतिक्रियाा आएको छैन । तर विभाजनको संघारमाा पुगेको राप्रपा नेपाललाई यो विषयले पद्मसुन्दर लावती गुटलाई अरु मलजल पुगेको छ ।
No comments:
Post a Comment