Saturday, August 30, 2014

दिल्ली जानु अघि ओलीको दाहाल र सिटौलासंग भेटवार्ता


KP Oli30 August

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली जानुअघि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलासंग भेटवार्ता गर्नुभएको छ । ओली निवास बालकोटमा भएको भेटवार्तामा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका लागि सहमति बन्न नसकेको तर यस विषयमा काँग्रेस,एमाले लचक भने भएको बताइएको छ । बिहीबार साँझ एमाओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको भेटवार्ताबाट तीन दलको शीर्षस्थ नेताको बैठक बस्ने सहमतिअनुसार ओली निवासमा तीन दलका नेताको छलफल भएको बताइएको छ । आधा घण्टाभन्दा बढी भएको छलफलमा संयन्त्र गठनबारे सहमति हुन नसकेको तर ओली उपचार गराई भारतबाट फर्किएपछि यस विषयमा पुनः छलफल गर्ने गरी बिना निष्कर्ष बैठक टुङ्गिएको बताइएको छ । भएको छलफलमा संयन्त्रको मिति, नेतृत्व, यसमा कुनकुन दललाई सहभागी गराउनेलगायत विषयमा समेत छलफल भएको स्रोतले बताएको छ । अध्यक्ष ओली शुक्रबार साँझ ५ः४५ बजे उपचारका लागि नयाँदिल्ली जानुभएको छ ।

No comments: