Saturday, August 30, 2014

कक्षा १२ को परीक्षाफल प्रकाशन आजबाट भोलिलाई सारियो


30 August

उच्च माध्यमिक शिक्षा परिषदले शुक्रवार प्रकाशन गर्ने भनिएको कक्षा १२ को परीक्षाफल भोलि प्रकाशन गर्ने भएको छ | गत बैशाखमा सम्पन्न भएको कक्षा १२ को विज्ञान विषयको परीक्षाफल आज प्रकाशन गर्ने बताएको शिक्षा परिषदले केहि आन्तरिक समस्याका कारण उक्त परीक्षाफल शनिवार प्रकाशन गर्ने भएको हो । नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै विद्यार्थीहरुले विरोध गर्न थालेपछि परिसदका सहसचिव नारायण कोइरालाले नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएकाले शुक्रवार बेलुकासम्ममा नतिजा सार्वजनिक गर्ने बताए पनि केहि अन्तरिक समस्या देखाउदै नतिजा भोलि शनिवार सार्वजनिक गर्ने बताइएको छ | उच्चमाध्यमिक शिक्षा परिषदले ढिलो नतिजा प्रकाशन गर्दा त्रिभुवन विश्वविद्यालयले सलिने प्रवेश परीक्षामा सहभागी हुन पाउने/नपाउने विषयमा विद्यार्थी अन्यौल भएका छन् भने विदेश गएर अध्ययन गर्ने योजना बनाएका विद्यार्थीलाई मर्का परेको छ । साथै उच्च माध्यमिक शिक्षा परिषदको यस निर्णयले विद्यार्थीहरु झन् तनाबमा रहेका छन् |

No comments: