Saturday, August 30, 2014

हिरोशिमामा ज्यान गुमाउनेको संख्या ७२ पुग्यो


30 August

japanदश दिन अगाडी जापानको हिरोशिमामा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ | हिरोशिमा प्रहरीले विहिवार तयार परेको एक रिपोर्टका अनुसार एक दर्जन भन्दा बढि घर पुरिएको उक्त पहिरोमा परि ज्यान गुमाउने को संख्या ७२ पुगेको बताइएको हो | त्यस्तै, सोहि पहिरोमा हराएका मध्ये यस रिपोर्ट प्राप्त हुने समय सम्म १० जनाको अवस्था अज्ञात नै रहेको हिरोशिमा प्रहरीले जानकारी दिएको छ | यसैगरी भेट्टीएका मध्ये आठ जनाको अझै सनाखत हुन नसकेको उक्त रिपोर्टमा जनाइएको छ | प्रहरी, सेना, अग्नि सेना लगायत स्थानीय बासिन्दा सहित करिव साढे तिन हजार भन्दा बढि उद्धारकर्मीले उद्धार गरि राखेको जानकारी दिदै स्थानीय राज्यले त्यस सहरमा अझै पनि खतरा हुन सक्ने भएकाले त्यहाँ अवस्थित करिव १,५०,००० सर्वसाधरणलाई सहर देखि टाडा सुरक्षित स्थानमा लागिएको बताएको छ | त्यस्तै, हाल सम्म अझै १,२०० बासिन्दा त्यस ठाउँमै रहेको बताएको छ |

No comments: