मलेसियामा नेपाली युबक बेपत्ता
30 August
केहि महिना अघिमात्रै विहे गरेर मलेसिया पुगेका भोजपुरका एक युवा मलेसियामा बेपत्ता भएका छन् । भोजपुरको सिद्देश्वर गाविस घर भएका मनोज पाण्डे एकसातादेखि बेपत्ता भएपछि उनी सँगै काम गर्ने साथीहरुले उनको खोजी गरिदिन आग्रह गरेका छन् ।
मलेसियाको सेलेङ्गर राज्यस्थित साहलमको बातुतिगामा रहेको रहेको सिड्नी चेक हाउस कम्पनीमा कार्यरत मनोज बेपत्ता भएपछि उनका साथीहरुले खोजी अभियान चलाएका हुन् ।गत आइतवार बजार जान केलाङ्ग हिँडेका उनी शुक्रबारसम्म कोठा फर्केका छैनन् ।
सिद्देश्वर गाविस घर भएका उनका साथी कुमार खड्काले मनोज हराएपछि लगातार खोजी गर्दा पनि नभेटिँदा चिन्ता बढेको बताए ।पाण्डे बेपत्ता भएदेखि उनले प्रयोग गर्ने मोबाइल पनि बन्द छ । उनी हराएपछि अवस्था खुल्न नसकेकाले उनका आफन्तलाई केही जवाफ दिन नसकेका उनका साथी खोटाङका बाबुराम पौडेलले बताए ।
मनोज हराएपछि उनका साथीहरुले प्रहरीमा पनि जानकारी गराइसकेका छन् । कम्पनीले समेत जानकारी गराएर मनोजको खोजी गर्दा हालसम्म उनका अवस्था पत्ता नलागेको हो ।प्रहरीले उनी हराएको आसपासका कुनै पनि चौकीको हिरासतमा मनोज नरहेको जानकारी गराएको आएको पौडेलले उल्लेख गरे । दुई महिने छुट्टीमा घर गएका पाण्डेले विवाह गरेर पत्नीलाई घरमा छोडी आएका थिए ।
No comments:
Post a Comment