Thursday, August 28, 2014

एसएलसी पुरक परीक्षाको नतिजा यसै महिना प्रकाशित गर्ने तयारी

१२ भदौ, काठमाडौं ।

 परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भदौ महिनाभित्र एसएलसी पुरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।दुई विषयमा असफल भएका विद्यार्थीलाई मौकाको रुपमा पुरक परीक्षा दिने व्यवस्था गरिएअनुसार यस वर्ष एक लाख २० हजार ५४८ जना विद्यार्थीका लागि गत साउन २० गतेदेखि २७ गतेसम्म पुरक परीक्षा सञ्चालन गरिएको थियो ।परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार उत्तरपुस्तिका परीक्षणका लागि देशभर २१ वटा केन्द्र स्थापना गरिएको छ । देशका विभिन्न स्थानमा भएको बाढीको प्रकोपका कारण केही केन्द्रमा उत्तरपुस्तिका पुर्‍याउन असहज भएको उनले बताए । रासस

No comments: