Thursday, August 28, 2014

खुश्बुका पिताले गुण्डा शैली अपनाए : ऋषि धमला पत्रकारलाई खुट्टा भाँच्ने धम्की दिएको भन्दै कारवाही गर्न माग

१२ भदौ, काठमाडौं ।
Rishi Dhamala..

प्रहरी कारवाही मारिएका  दिनेश अधिकारी चरीकी प्रेमिका खुश्बु वलीका पिता श्याम वलीले पत्रकारको खुट्टा भाँचिदिने धम्की दिएको भन्दै पत्रकार ऋषि धमलाले आपत्ति जनाएका छन् । रिपोर्टस क्लबका अध्यक्ष धमलाले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘प्रहरी मुठभेडमा मरिएका भनिएका दिनेश अधिकारी चरिकी प्रेमिका खुस्बु ओलीको अधिकारीबाहेक पनि धेरै प्रेमिका भएको भनी दैनिक नेपालका सम्पादक गणेश पाण्डे र दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई ओलीका पिता श्याम ओलीले टेलिफोन गरेर आफ्नो छोरीको विषयमा समाचार लेखे हात खुट्टा भाँचिदिने धम्की दिएका छन् ।’ धमलाले विज्ञप्तिमा खुश्वुका पिताले गुण्डाको शैली अपनाएको दाबी गर्दै भनेका छन्- ‘प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गराउने, खण्डन गर्न नमाने कानूनी उपचार गर्ने ब्यवस्था हुँदा हुँदै गुण्डा शैलीमा पत्रकारहरुलाई धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कदम हो । रिपोर्टर्स क्लब पत्रकारमाथि धम्कीको यो घटनाको घोर भत्र्सना गर्दछ र पत्रकारलाई धम्की दिने श्याम ओलीमाथि तत्काल कानूनी कारवाहीको माग गर्दछ ।’

No comments: