Thursday, August 28, 2014

सबै मन्दिरबाट हटाइनेछ साइ बाबाको मूर्ती


sai-baba-shirdiनयाँ दिल्ली– भारतमा साइ बाबामाथि चलेको विवाद केहि दिनका लागि शान्त भएपनि एकपटक फेरी यसले अर्को विवाद खडा गरिदिएको छ । धर्म संसदमा साइलाई भगवान, सन्त र गुरु मानिँदैन । यसै क्रममा काशी विद्वत परिषदका संरक्षक शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीले परिषदको निर्णयलाई नै अन्तिम निर्णय भएको बताएका छन् । शंकराचार्यका अनुसार अब मन्दिरमा साईको पूजा हुनेछैन र भविष्यमा कसैले पनि साइको नामको मन्दिर स्थापना गर्ने छैनन् । धर्म संसदमा आएको प्रस्तावमाथि काशी विद्वत परिषदले यो निर्णय सुनाएका हुन् । सम्बन्धित परिषद् भन्छ, ‘साइलाई भगवान भन्नु शास्त्र सम्मत हुँदैन । उनलाई भगवान, गुरु र सन्त भन्न मिल्दैन । ’ यद्यपी थुप्रै मानिसहरुले साइलाई भगवानको अवतार मान्ने गरेका छन् । (एजेन्सी)

No comments: