Thursday, August 28, 2014

कमसेकम भगवान भन्ने ठाउँ त राखिदिनुपर्छ :श्वेता खड्का


sweta khadkaनायक श्रीकृष्ण को निधनपछि उनकी पत्नी श्वेता आफ्नो श्रीमानलाई सम्झेर टोलाउने ,मुर्छा पर्ने र बर्बराउने गर्थिन |त्यो बेलामा उनले कसै संग पनि केहि गुनासो गरिनन् |सायद उनि आफ्नो श्रीमान को बारेमा केहि बोल्न नसक्ने अवस्थामा रहेकी थिईन | तर समय बित्दै जादा उनले आफ्नो दुखेसो फेसबुक मार्फत पोखेकी छन् | उनले भगवानलाई भनेकी छन् -”सायद अहिले तिमि पनि पछुतायौ होला कति ठुलो गल्ति गरेछु भनेर |मसंग तिमीलाई गुनासो गर्ने कुनै सब्द नै छैन |तिमीले कमसेकम भगवान भन्ने ठाउँ त राखिदिनु पर्छ नि त्यो पनि बाकी राखेनौ |तर पनि केहि आस अझ पनि छ ,प्लिज भगवान अब देखि कसैको जीवनमा यस्तो कठोर प्रहर नगर है |” बिवाह गरेको एक महिनामै श्रीमान संग बिछोड हुनुको पिडा कति हुन्छ |त्यो यतिबेला श्वेताले भन्दा अरुले बुझ्न सक्दैन |उनको मनमा कति पिडा परेको उनले मात्र भोगेकी छन् | गएको साउन २५ गते भारतको गंगाराम अस्पतालमा उनको श्रीमान श्री को निधन भएको थियो । श्रीकृष्ण र श्वेताको संयुक्त लगानी एवं अभिनय रहेको चलचित्र ‘कोहिनुर’ अहिले प्रदर्शन भईरहेको छ । श्रीकृष्ण अस्पतालमा बेडमा बसेर छटपटाउदा पनि उनले भगवानको फोटो छातीमा टासेर आफ्नो श्रीमानको ज्यान बचाउन आग्रह गरेकी थिईन |तर स्वेतालाई भन्दा भगवानलाई पो प्यारो भएछन् |अनि उनलाई स्वेताको साथमा छोडेनन् आफ्नै साथमा लगेर गए |यसमा नै श्वेताले आपत्ति जनाएकी छन् |

No comments: