Thursday, August 28, 2014

अब कर्णाली विकास बैंकमा पनि प्रभु मनि ट्रान्सफरको सुबिधा


karnali bank and pravu money transfer“आज कर्णाली विकास बैंकले प्रभु मनि ट्रान्सफरसँग एक सम्झौतामा हस्ताक्षर गरेको छ । बैंकले आज देखि आफ्नो सेवामा पनि प्रभु मनि ट्रान्सफरको सेवा उपलब्ध हुने गरि यो सम्झौता गरेको हो |अब देखि कर्णाली विकास बैंकमार्फत सेवा लिने सेवाग्राहीहरुले पनि यस बैंकमै प्रभु मनि ट्रान्सफरको सेवा प्राप्त गर्न सक्ने छन् | आज भएको उक्त सम्झौता अनुसार कर्णाली विकास बैंकका सेवाग्राहीहरुले तुलसीपुर, घोराही, लमही, बाँसगडी, भालुवाङ, कोहलपुर, खजुरा, भुरीगाहू, सानोश्री, गुलरिया लगायतका स्थानमा रहेको सबै शाखाहरुका साथै यसको मुख्य कार्यालय नेपालगन्जबाट पनि यो सुबिधा प्राप्त गर्ने भएका छन् | उक्त सम्झौता प्रभु मनि ट्रान्सफरका डि.जी.एम. रामेश्वर सापकोटा र कर्णाली विकास बैंक लिमिटेडका प्रबन्धक नारायण कुमार श्रेष्ठबीच आज भएको थियो |

No comments: