Thursday, August 28, 2014

क्षेत्रीय सम्मेलनको तयारीका क्रममा भेटघाट तथा प्रचारप्रसार टोली बिभिन्न सहरमा व्यस्त


japan1एनआरएन आठौं क्षेत्रीय सम्मेलनको तिथिमिति नजिकिदैं गर्दा यसको तैयारीलाई त्रि्र पार्ने क्रममा आयोजक कमिटीका टोली जापानका बिभिन्न सहरहरुमा पुगेर भेटघाट तथा प्रचारप्रसारलाई घनिभूत पार्दै आएका छन् । राजधानी टोकियोभन्दा १८० किलोमीटर बाहिर नागानोकेनस्थित तातेसिना रिजोर्ट होटलमा हुने सम्मेलनको स्थलगत अवलोकन गर्नुका साथै मंगलबार टोलीले नागोयाका नेपालीहरुबिच भेटघाट तथा छलफल गरेको छ । एनआरएन आइसीसीका उपाध्यक्ष तथा सम्मेलन मुल आयोजक कमिटीका संयोजक भवन भट्टको नेतृत्वमा नागानो हुँदै नागोया पुगेको टोलीले सम्मेलनलाई कसरी प्रभावकारी, उपलब्धिमुलक र एनआरएन अभियानका लागि कोसेढुंगा साबित हुने तहको र्सार्थक बनाउने भन्ने बारेमा घनिभूत छलफल भएको आयोजक समितिका सचिवको जिम्मेवारी सम्हालेका एनआरएन आइसीसीका सदस्य भूषण घिमिरेले बताए । नागोयामा भएको भेटघाट र छलफलबाट क्षेत्रीय सम्मेलनका लागि एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक गोविन्द श्रेष्ठले ५० मान ५ लाख येन बराबरको गोल्ड स्पोन्सर र एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले ३० मान ३ लाख येन बराबरको सिल्भर स्पोन्सरमा रहेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् भने दलबहादुर -रामु) ले १० मान १ लाख येन बराबरको सहयोग गरी सपोर्टरमा रहने प्रतिबद्धता जनाएको भ्रमणदलका सदस्य एनआरएन जापानका कोषाध्यक्ष दिपक थापाले जानाकारी गराउनुभयो । उहाँका अनुसार गल्कोट समाज जापानले पनि इभेन्ट पार्टनरमा रहेर सहयोग गर्ने बारेमा सरसल्लाह भईरहेको बताईएको छ । टोलीमा संयोजक भवन भट्ट, सचिव भूषण घिमिरे आयोजक समितिमा रहेका एशिया प्यासिफिकका पर्ूव उपसंयोजक किरणविक्रम थापा, एनआरएन जापानका उपाध्यक्षद्वय सुदन थापा र नरबहादुर थापा, एनआरएन जापानका सल्लाहकार महेशकुमार श्रेष्ठ, गुल्मेली समाजका अध्यक्ष राजु ढकाल, एनआरएन जापानका कोषाध्यक्ष दिपक थापालगायतका रहेका थिए । टोली नागानो र नागोयाको भेटघाट तथा छलफल सकेर आज राजधानी टोकियो फर्केको छ ।

No comments: